
काठमाडौं । नेदरल्याण्ड्सले थाइल्याण्डलाई हराउँदा जारी त्रिकोणात्मक टी २० ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै रहेको छ ।
किर्तिपुरस्थित टियूको खेल मैदानमा जारी टी २० ट्वान्टी आई सिरिजअन्तर्गत (बिहीबार)आज भएको खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १ विकेटले पराजित गर्दै सिरिज जित्ने सम्भावना बलियो बनाएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रनको योगफल तयार पारेको थियो । नान्नाफाट चैहानले ३६ रन, सुत्थीरुआंगले ३२ रन, नारुइमोल चाइवाईले १५ रन र सुवानान खियाओतोले १० रन जोडिन् ।
बलिङमा नेदरल्याण्ड्सकी आइरिस विलिङले ३ तथा हेटर सिगर्सले २ विकेट लिइन् ।
१ सय १० रनको चुनौती पछ्याउने क्रममा नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य पूरा गरेको थियो ।
फेबे मोल्केबरले ३२ रन, रोबिन रिकेले २० रन र स्टेर कालिसले १४ रन जोडिन् । बलिङमा नेदरल्याण्ड्सका लागि आइरिस विलिङले ३ र हेटर सिगर्सले २ विकेट लिएकी थिइन् ।



















