बीपी प्रतिष्ठानले निकाल्याे महिलाको पेटबाट १८‍‍.६ किलोकाे ट्युमर

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार १६:३६

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाको डिम्बासयबाट १८‍.६ किलो ट्युमर निकालिएको छ । प्रतिष्ठानका डाक्टरहरुले ३९ वर्षीया महिलाको डिम्बासयबाट १८.६ किलोको ट्युमर निकालेका हुन् ।

मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा.रमेश श्रेष्ठको नेतृत्वको टोलीले गरेको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारका अनुसार डिम्बासयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बासयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो । डिम्बासय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको हुन्छ ।

चार महिना देखि हिँड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी ति महिला उपचारको लागि विराटनगर, भरतपुरलगायत पोखरासम्म पुगेकी थिइन् ।

शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन सकेको थिएन् । आर्थिक अवस्था कमजोर भएकी महिलाको उपचार निःशुल्क गरिएको डा अभिजितले जानकारी दिए ।

जटिल मानिने शल्यक्रियामा डा. श्रेष्ठसहित प्राडा प्रिथा बस्नेत, डा सन्तोष कुमार झा, डा.रिचा भट्टराई,डा. योगेश ढकालसहितको टीम खटिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×