बार काउन्सिलका पार्षदको निर्वाचन : यी हुन् विभिन्न प्रदेशबाट विजयी हुनेहरु (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार २१:१३

विराटनगर । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षदहरुको टुंगो लागेको छ ।

पार्षद चयनका लागि आज (शनिबार) निर्वाचन भएको थियो । निर्वाचन भएर मतगणना पनि सकिएको छ । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको हो । निर्वाचनमार्फत पार्षदको टुंगो लागेको छ ।

Advertisement

परिषद्को पार्षदमा ७ वटै प्रदेशबाट १–१ जना निर्वाचित हुने प्रावधान छ । त्यही प्रावधान अनुसार ७ वटा प्रदेशमा ७ जना निर्वाचित भएका छन् । निर्वाचनका लागि ७ वटा प्रदेशबाट १४ जनाको उम्मेदवारी दर्ता भएको थियो । प्रत्येक प्रदेशमा २–२ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनका लागि नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धन बनेको थियो । नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको अर्को गठबन्धन थियो ।

प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन र डीएलए–एसपीएलए गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भएर पार्षदको टुंगो लागेको हो । बिहान १० बाट सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको थियो ।

काउन्सिलले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ । बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् ।

यी हुन् विभिन्न प्रदेशबाट विजयी हुने र प्रतिस्पर्धीहरु

तपाइको प्रतिक्रिया
एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
४६ अर्बको पूर्वपश्चिम सडक धमाधम कालोपत्र
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×