नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर 

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ३, शनिबार १९:३०

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

मोरङको बूढीगंगा गाउँपालिकास्थित नरग्राम माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले आफ्नो प्रेसर र सुगर जाँच गरेर शिविरको उद्घाटन गरे । 

शिविर उद्‌घाटन गर्दै नेता कोइरालाले अझै पनि आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको बताए । उनले स्वास्थ्य र शिक्षालाई आमजनताको पहुँचमा पुर्याउन ३ तहको सरकार लाग्नुपर्नेमा जोड दिए । 

संविधानको मौलिक हकमै समावेश गरे पनि जनताले अझै सहज रुपमा शिक्षा र स्वास्थ्य सेवा प्राप्त नगरेको कोइरालाको भनाइ थियो । 

आर्थिक अभावमा धेरै नागरिक रोग पालेर बस्न बाध्य भएको बताउँदै कोइरालाले कतिपयले अस्पतालको मुखै नदेखी मृत्युवरण गर्नुपरेको उल्लेख गरे ।  

पछिल्लो समय पहाड र ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नुको मुख्य कारण शिक्षा र स्वास्थ्य भएको उनले बताए । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा पहाडबाट तराई र तराईका गाउँबाट सहर बसाइँ सर्ने क्रम बढेको नेता कोइरालाले दाबी गरे । 

ग्रामीण क्षेत्र र आर्थिक रुपमा विपन्न समुदायलाई लक्षित गरी प्रतिष्ठानले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले जानकारी दिइन् ।

घरदैलोमै पुगेर जाँच गर्दा सर्वसाधारणको स्वास्थ्यबारे जानकारी हुने र कुनै समस्या भए तत्कालै अस्पताल लगेर थप उपचार गर्न सहज हुने देखेर शिविर आयोजना गरिएको कोइरालाको भनाइ थियो । 

शिविरबाट ३ सय ५२ जनाले स्वास्थ्यलाभ लिनुका साथै १५ जनाले इकोसमेत गरेको थियो । शिविरमा उच्च रक्तचाप, मधुमेह, इको, इसीजी, फोक्सोलगायतको जाँच गरिएको थियो । 

जाँचपछि औषधि खानुपर्ने बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको कोइरालाले बताइन् । 

शिविरमा केएचडीसी नेपाल प्रमुख प्रा.डा. संजीवकुमार शर्मा, अन्य चिकित्सक डा. उज्ज्वलकुमार साह, डा. ब्रजेशकुमार झा, डा. रोशन कार्की, डा. उत्सव दुलाल, डा. प्रज्ज्वल गौतमलगायत चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य चेकजाँच गरे । 

त्यसैगरी सोही शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षणसमेत गरिएको थियो ।

पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको मृत्युदरलाई कम गराउने उद्देश्यले निःशुल्क रुपमा जाँच गरिएको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
नेउपानेलाई सचिवमा बढुवा गर्न न्याय परिषद्को सिफारिस
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×