
बैतडी । घरबाट कार्यालय फर्कने क्रममा भिरबाट लडेर नेपाल प्रहरीका १ जना हवल्दारको मृत्यु भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार खडायतबुधबार साँझ आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिए । मृतकको शव गोकुलेश्वर अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























