ताप्लेजुङमा चालक कुटपिट र सवारी तोडफोडको विरोधमा यातायात बन्द

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ९, शुक्रबार ०८:२८

ताप्लेजुङ । सवारी चालकलाई निर्घात कुटपिट गरेको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लिले आज (शुक्रबार)बाट अनिश्चितकालिन यातायात बन्दको आवह्वान गरेकाे छ । व्यवसायीले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकमा यातायात बन्दको आवह्वान गरेका हुन् ।

प्रहरी र ‘नो केबलकार’ पक्षबीच बिहीबार झडप भएकाे थियाे । झडपमा घाइते भएकाहरुको उद्धार तथा उपचारको सहजीकरणका लागि फुङलिङबाट पाथीभरा केवलकारको निर्माणाधीन ‘बेस स्टेशन’तर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी ‘नो केबलकार’ पक्षका कार्यकर्ताले तोडफोड गरी चालकलाई कुटपिट गरेको विरोधमा यातायात बन्दको घोषणा भएको हो ।

‘नो केबलकार’ समूहले आक्रमण गर्दा मे १ ज २५७९ नम्बरको सवारीका चालक ४३ वर्षीय राजकुमार पौडेल घाइते भएका थिए । उनलाई कुटपिट गरेको विरोधमा पाथीभरा यातायात सेवा प्रा.लिले बन्द आह्वान गरेको हो । यातायात व्यवसायीले तोडफोड र कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्ने, घाइतेको उपचार र तोडफोड गरिएको सवारीसाधन मर्मत हुनुपर्ने माग गरेका छन् ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार ‘नो केवलकार’ पक्षधरले निर्माणाधीन ‘बेस स्टेशन’तर्फ अघि बढेर सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपछि भएको झडपमा १३ जना घाइते भएका थिए । घाइतेको उद्धारका लागि फुङलिङबाट गएको रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू र इन्सेक प्रतिनिधि एलिना दियाली चढेको सवारी आन्दोलनरत पक्षले तोडफोड गरी चालक राजकुमार पौडेललाई निर्घात कुटपिट गरिएको थियो ।

तपाइको प्रतिक्रिया
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×