
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३ जना एसएसपी (सशस्त्र वरिष्ठ उपरीक्षक)हरु डीआईजी बढुवाको सिफारिसमा परेका छन् ।
बढुवा सिफारिस समितिले रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न बिहीबार नाम सिफारिस गरेर पठाएको हो । एसएसपी कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट सिफारिसमा परेका छन् ।
उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले १ साताभित्र उजुरी दिनसक्ने व्यवस्था छ । उजुरीका लागि १ साताको अवधि हुन्छ । सिफारिसमा परेकाहरुको बढुवा स्वीकृत भयो भने दर्ज्यानी चिन्ह लगाउन पाउने छन् ।

























