जंगीअड्डाको नजरमा केबलकार विवाद : सही ढंगले व्यवस्थापन नगरिए चुनौती

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार ०६:३१

विराटनगर । नेपाली सेनाले मुलुकमा पछिल्लो समय देखिएका पहिचानका मुद्दा स्थानीयस्तरमै समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाली सेनाको जंगीअड्डामा दुई दिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विवादले पनि प्रवेश पाएको थियो । यो विवादलाई सेनाले पहिचानको मुद्दाको सूचिमा राखेर प्रस्तुत गरेको थियो ।

सेनाका ८ जना पृतनापतिहरूले प्रदेशस्तरीय सुरक्षा चुनौतीसँगै भविष्यमा लिनुपर्ने रणनीतिबारे प्रस्तुतिकरण दिएका थिए । जंगीअड्डाका एक सैन्य अधिकृतका अनुसार, पृतनाका प्रमुख जनरलहरूले मुख्य गरी हाल मुलुकमा मुख्य पाँच सुरक्षा चुनौतीहरू रहेको विश्लेषण गरेका छन् । जसमा पहिचानका नाममा उठ्ने गरेका आन्दोलन पनि हुन् ।

‘पूर्वको पाथीभरामा केबलकार निमार्णको विषयमा विवाद भएको देखिए पनि यसको अन्तर्य प्रदेशको नामांकनसँग जोडिन्छ’, एक अधिकारीले भने, ‘यस्तोमा असन्तुष्टिहरूलाई वार्ता र संवादको माध्यमबाट स्थानीय स्तरमै हल गर्नुपर्छ ।’

तत्काललाई यस्ता गतिविधिले राष्ट्रिय सुरक्षामै असर नगरे पनि त्यसलाई सही ढंगले व्यवस्थापन नगरिए चुनौती बन्नसक्ने अधिकृतहरूको विश्लेषण छ ।

‘केही पहिचानवादीसँगै दुर्गा प्रसाईं नेतृत्वको समूहका गतिविधिलाई पनि हामीले हेरिरहेका छौं, तर तत्काललाई तिनबाट राष्ट्रिय सुरक्षामा त्यति धेरै खतरा देखिन्न’, एक अधिकृतले भने ।

तत्काल गम्भीर प्रकृतिको सुरक्षा चुनौती नरहे पनि बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण चनाखो रहनुपर्ने सेनाको विश्लेषण छ ।

उनीहरूको नजरमा संवेदनशील भूराजनीति अवस्था पहिलो सुरक्षा चुनौती हो भने दोस्रोमा खुला सीमाना । ‘विशेषतः खुला सीमाका कारण लागुऔषध, हतियार लगायतका तस्करी बढेका छन्’, एक सहायक रथीले भने, ‘तेस्रोमा जलवायु परिवर्तन र चौथोमा साइबर सुरक्षा मामलाले राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरेको छ ।’

सैन्य अधिकृतहरूका अनुसार, आर्टिफिसियल इन्टलिजेन्स (एआई) समेत पछिल्लो समय राष्ट्रिय सुरक्षामा नयाँ चुनौतीका रूपमा देखा पर्न थालेको छ । यसबाहेक कहिलेकाहीँ धार्मिक तथा जातीय पहिचानको आधारमा हुने घटनाले पनि प्रदेशगत रूपमा चुनौती सिर्जना गर्नसक्ने जनरलहरूको विश्लेषण छ ।
सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलले विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरेका थिए । विशेषतः अमेरिकामा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएको नीतिका कारण विभिन्न राष्ट्रहरू प्रवाभित सन्दर्भतर्फ संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.