मोरङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ११, आइतबार ०७:४९

विराटनगर । मोरङको उर्लाबारीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–७ अरनिको अस्पतालनजिकै दुर्घटना भएको हो । झापाको दमकबाट उर्लाबारीतर्फ आएको को १ त ६७८८ नम्बरको ट्याक्टरले उर्लाबारीतर्फ नै आएको मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान १०ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार झापाको कमल गाउँपालिका–३ का अन्दाजी ६५ वर्षीय नारानारायण श्रेष्ठको मृत्यु भएको हो । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय धन्यप्रसाद बराल घाइते भएका छन् । उनको बी एन्ड सीमै उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनालगत्तै ट्याक्टर र चालक उर्लाबारी नगरपालिका–३ का अन्दाजी २८ वर्षीय शेखर खवासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.