करेन्ट लगाएर माछा मार्ने क्रममा पुलका कामदारको मृत्यु

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ११, आइतबार १६:२४

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–१ नमुना बस्तीमा करेन्ट लागेर १ जना युवकको मृत्यु भएको छ ।

दामा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बुद्धशान्ति–३ का अन्दाजी २० वर्षीय सुशील लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बुद्धशान्ति–१ को दामा खोलामा झोलुंगे पुल निर्माणका लागि उपभोक्ता समितिले खटाएका कामदार हुन् ।

दामा खोलामै करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार राति १० बजेतिर उनी घाइते भएका थिए । बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा १०ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लिम्बूले आफू बस्ने छाप्रोबाट बिजुलीको तार जोडेर खोलामा करेन्ट प्रवाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.