
पोखरा । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
२९ वर्षीया महत कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन् । सिन्धुपाल्चोक घर भएकी उनी अविवाहित हुन् ।
तालिम लिइरहेकी उनलाई आइतबार झुन्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेकी हुन् कि मृत्युको अरु कुनै कारण छ भनेर यकिन भइसकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























