
विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–४ रातेखोला घर भएका लीलाबहादुर कटुवालको भान्सा घरमा आज (सोमबार) बिहान आगलागी भएको छ ।
काठ र जस्ताको छानो लगाएर बनाइएको १ तले भान्सा घरमा बिहान ६ः३० बजेतिर आगलागी भएको हो । प्रहरीका अनुसार आगोले भान्सा कोठासहित त्यहाँभित्र रहेका अन्नपात, भाँडावर्तन, काठपात पूर्णरूपले जलेर ध्वस्त भएको छ ।
दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीको कारण खुल्न नसेको छैन । घटनामा मानवीय र चौपाया क्षति नभएको जनाउँदै प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताएको छ ।

























