पत्रकार राजु अधिकारीसहित ४ जना सम्मानित हुने

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार ०६:३३

विराटनगर । शिशुसेवा समिति विराटनगरले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कार तथा सम्मानका लागि यसवर्ष पत्रकार राजु अधिकारीसहित ४ जनाको नाम छनोट गरिएको छ ।

शिशु सेवा पत्रकारिता पुरस्कार सेताेपाटी अनलाइनमा कार्यरत अधिकारीलाई समर्पण गर्ने निर्णय भएको हो । यसैगरी, राष्ट्रिय आदर्श आमा पुरस्कार झापा मेचीनगर निवासी राष्ट्रिय महिला क्रिकेट खेलाडी रुविना क्षेत्रीकी माता मुना बस्नेत बेल्बासेलाई दिने निर्णय गरिएको छ ।

संस्थापक सभापति शान्ता पोखरेलको नाममा स्थापित शान्ता राष्ट्रिय बाल उत्कृष्ट पुरस्कार विराटनगर निवासी नृत्यकलामा उत्कृष्ट १३ वर्षीया बालिका श्रीदुला खनाललाई दिइने छ । त्यस्तै, तीर्थप्रसाद–रानू स्मृति संगीत पुरस्कार झापा बिर्तामोड निवासी मुना सोरेनलाई प्रदान गरिने भएको छ ।

सोरेन विभिन्न विधाका गीत गाउन सफल र सक्षम भएर पनि ओझेलमा परेकी गायिका हुन् । शिशुसेवा पत्रकारिता पुरस्कार, शान्ता राष्ट्रिय बाल उत्कृष्ट पुरस्कार तीर्थप्रसाद–रानू स्मृति संगीत पुरस्कारको राशि जनही ११ हजार १ सय ११ र आदर्श आमा पुरस्कारको राशि १५ हजार ५ सय १ रूपैयाँ छ ।

सबै पुरस्कार संस्थाको वार्षिकोत्सवको अवसरमा फागुन २४ गते प्रदान गरिने शिशु सेवा समितिका सहसचिव धर्मराज भट्टराईले बताए । सोही दिन शिशुसेवा समितिकी पूर्वसभापति निर्मला अर्जेलले आफ्ना पति शैलेश अर्जेलको स्मृतिमा स्थापित शैलेश अर्जेल स्मृति छात्रावृत्ति १५ हजार नगदसहित लक्ष्मीनारायण मन्दिर विराटनगर–४ का छात्रहरुलाई प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.