झापामा पर्यावरण विमर्श : सोनाम वाङचुक मुख्य वक्ता

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार ०९:०४

विराटनगर । रिडर्स झापाले  आयाेजना गर्ने ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’मा भारतका चर्चित अभियन्ता सोनाम वाङचुक वक्ताका रुपमा सहभागी हुने भएका छन् । फागुन १४–१६ गतेसम्म पर्यावरण विमर्श आयोजना गर्दैछ । अन्तिम दिन वाङचुकले मन्तव्य राख्नेछन् ।

वाङचुक तिनै व्यक्ति हुन्,जसको संघर्षमा आधारित रहेर थ्री इडियट्स फिल्म बनेको छ । यो फिल्ममा आमिर खानले वाङचुकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रम संयोजक सागर शिवाकोटीका अनुसार वाङचुकको प्रस्तुति १६ फागुनमा हुनेछ ।

पाँचौं संस्करणको ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’ वक्ताका रुपमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुँदैछन् । पर्यावरण विमर्शका लागि रिडर्स झापाले गत वैशाखदेखि छलफल चलाएको थियो । तीन दिनसम्म पर्यावरण र जलवायु संकटसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।

तीन दिनसम्म चल्ने उत्सवमा धनगढीकी नन्दादेवी कुँवर, चितवनका वीरेन्द्र महतो, भारत लद्दाखका सोनाम वाङ्चुक, गोर्खाका उत्तमबाबु श्रेष्ठ, बिर्तामोडकी हर्कमाया विक, ताप्लेजुंगकी झुमा लिम्बु, भद्रपुरका निताई राजवंशी, इलामका केदार शर्मा, वीरगञ्जका चन्द्र किशोर, खोटाङका भोगीराज चाम्लिङ, सिलगढीका राजा पुनियानी, काठमाडौंकी अर्चना थापा, तेह्रथुमका सबिन निङ्लेखु, सिक्किमका मायल मित, कालिम्पोंगकी एलिएन फोनिङ्, कलकत्ताका देबल देव, रसुवाका गुरुङ सुशान्त, काँकरभिट्टाका छितेन शेर्पालगायत पर्यावरणको क्षेत्रमा सक्रिय अभियान्ता रहनेछन् ।

पहिलो दिन मुख्य वक्ताको रुपमा उत्तमबाबु श्रेष्ठ छन् । सोही दिन कन्चनजंगा टु बङ्गाल,साहित्यमा मान्छेको अधिपत्य, संरक्षण कसले सकुदाय कि सरकार, सिर्जनाको प्रकृतिका विषयमा प्यानल छलफल हुनेछ ।

दोस्रो दिन कोलकाताका अभियान्ता देबल देव मुख्य वक्ताको रुपमा छन् । त्यसपछि कृषि: खाना कस्तो ? नाफा कति, विद्यालयको पर्यावरण, ससाना प्रलय सामना कसरी र राजनीतिको पर्यावरण विषयमा समूहमा छलफल हुनेछ ।

तेस्रो दिन बिहान १० बजेदेखि १ घण्टा वाङचुक मुख्य वक्ता छन् । त्यसपछि नगरको कहर,पर्यापर्यटन सम्भावनाको सागर, रैथाने ज्ञानको गहिराइ र कस्को धर्ती कस्को आकाश विषयमा प्यानल छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.