
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा छिमेकी मुलुक भारत र चीन अनुपस्थित रहदा नेपाल युक्रेनकाे पक्षमा उभिएकाे छ । ‘युक्रेनमा न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा उभिएको हाे । यो प्रस्तावको मतदानमा भारत र चीन अनुपस्थित थिए ।
युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो ।
युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिएका छन् । १८ देश विपक्षमा उभिएका छन् । भारत ,चीनसहित ६५ देश मतदानमा सहभागी भएनन् ।
युक्रेनलाई समर्थन गरिरहेको अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

























