१९ स्थानमा जीवन विकासकाे वित्तीय साक्षरता कार्यक्रम

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार १६:३४

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ शाखा कार्यालयहरुमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जीवन विकासले हरेक शाखामा २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा सदस्यलाई वित्तीय सचेतनाका लागि वित्तीय साक्षरता गोष्ठी सञ्चालन गर्दै आएको छ । फागुन ८ गते देखि ११ गतेसम्म १६० शाखा मध्ये १९ वटा शाखामा कार्यक्रम आयाेजना गरेकाे हाे ।

जीवन विकासले भारदह, सोनबर्षा, खयरमारा, इटाभट्टा, राजगढ, किसानपुर, बुधनगर, औरही, बनियानी, नाढीताल, टाघडुब्बा, सबैला, मझारे, पतारी, खुदुनावारी, हनुमानचौक, दमक, अमाही र नर्घोमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

सबै शाखाले आफ्ना कार्यक्षेत्रका अति विपन्न बालबालिकाकालाई एक वर्षका लागि आवश्यक शैक्षिक सामग्री व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गरेका थिए ।

शाखामा रहेका उत्कृष्ट बचतकर्ता, ह्युमन एटिएम, ऋणी, उद्यमी तथा केन्द्रहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वित्तीय साक्षरता प्रदान गरिने यस्ता कार्यक्रम मार्फत संस्थाले सदस्यकाे  गुनासोकाे सुनुवाई पनि गर्छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको  जीवन  विकासकाे कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा कार्यालय छन् । ती शाखा मार्फत करिब ३ लाख ५० हजार विपन्न परिवार आवद्ध भइ कारोबार गरिरहेका छन् । वित्तीय संस्थाबाट करिब २ लाख सदस्यहरुले ऋण लिएर आर्थिक प्रगति गरिरहेका छन् ।

जीवन विकासले २७ अर्व भन्दा बढी ऋण कारोबार र ११ अर्व भन्दा बढी बचत परिचालन गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.