कानेपोखरीको कार्यालय सर्याे

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार २०:२३

। मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालय रमाइलाेबाट भाैसबारी सरेकाे छ । कानेपोखरी गाउँपालिका – ६ रमाइलोमा रहेको  कार्यपालिकाको कार्यालय कानेपोखरी गाउँपालिका– ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालय भवनमा सरेकाे हाे ।

तत्कालिन बयरबन गाबिसको सदरमुकाम बयरबन बजार थियो । बयरबनबाट रमाइलोमा सारिएको थियो । स्थानीय तह गठन हुँदा बनेको कानेपोखरी गाउँपालिकाको कार्यालय पनि रमाइलोमा नै राखिएको थियो ।

२०८० बैशाख १७ गतेकाे गाउँसभाले मतदान गरी गाउँपालिकाकाे केन्द्र सार्ने प्रस्ताव पारित गरेकाे थियाे ।

त्यसपछि पालिकाले कार्यालय सार्नका लागि मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । गत पुस १६ गतेको बसेको मन्त्रीपरिषद् बैठकले कार्यालय सार्न स्वीकृत दिने निर्णय गरेको थियो । जसको सूचना माघ ७ गते राजपत्रमा प्रकाशित भयो ।

फागुन १३ गते बसेको कार्यपालिका बैठकले फागुन १५ गते बिहीबारबाट कानेपोखरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु अर्को व्यवस्था नभएसम्म तत्कालका लागि कानेपोखरी गाउँपालिका– ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह गर्ने निर्णय गरेको हाे ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.