
धादिङ । धादिङमा आज (बुधबार) बिहान ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट पानी लिएर गुप्तेश्वर मन्दिरतर्फ जाँदै गरेको बा प्र–०१–००४ क ३३५२ नम्बरको ट्यांकर दुर्घटनामा परेको हो ।
ट्यांकर सडकबाट करिब ५ सय मिटल तल खसेको थियो । दुर्घटनामा परेर गुजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको धादिङ प्रहरीका डीएसपी सुवास हमालले बताए । गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जानकारी हमालले दिए ।
दुर्घटनामा गजुरी–६ का १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ घाइते भएका । गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

























