नेपालमा शक्तिशाली भूकम्प, क्षतिको विवरण प्राप्त हुन बाँकी

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १६, शुक्रबार ०६:०७

काठमाडौं । नेपालमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । आज (शुक्रबार) बिहानका राति २ः५१ बजेतिर सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको प्रभाव मुलुकभर परेको छ । भूकम्पको धक्का महसुस भएसँगै सर्वसाधारण निद्रामा त्रसित भएका थिए ।

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका १ जना कैदी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर ती कैदी घाइते भएका हुन् ।

उनको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ । शक्तिशाली भूकम्प गए पनि त्यसले पुर्याएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

सिन्धुपाल्चोकका प्रजिअ थापाले विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए । आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने उनको भनाइ छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको थियो । पूर्वी नेपालमा पनि ठूलो धक्का महसुस भयो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.