भूकम्पको प्रारम्भिक अपडेट : सिन्धुपाल्चोकमा सामान्य क्षति

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १६, शुक्रबार ०६:२०

सिन्धुपाल्चोक । भूकम्पका कारण सिन्धुपाल्चोकमा सामान्य क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । केन्द्रविन्दु रहेकै जिल्ला सिन्धुपाल्चोकमा भूकम्पले सामान्य क्षति गरेको हो ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहानका राति २ः५१ बजेतिर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको असर देशभर परेको छ । भूकम्पको धक्का महसुस भएसँगै निद्रामा रहेका सर्वसाधारण त्रसित भएका थिए ।

हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले ठूलो क्षति पुर्याएको जानकारी छैन । यद्यपि, भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन तीव्र पारिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्दा लडेर १ जना कैदी घाइते भएका छन् । हात भाँचिएका ती कैदीको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ ।

कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका–३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । प्रहरीले देशभर क्षतिको विवरण संकलन गरिरहेको छ । क्षतिको पूर्ण विवरण आउने क्रममा छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.