इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते, अधिकांश बालबालिका

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १६, शुक्रबार ०७:४२

विराटनगर । इलामको माई नगरपालिका–१ मा बिहीबार दिउँसो पिकअप गाडी दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकांश बालबालिका रहेका छन् ।

उपचाररत घाइतेहरुको अवस्था सामान्य छ । प्रहरीका अनुसार महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नम्बरको पिकअप गाडी दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।

‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिररहेको छ । घाइतेहरुको इलाम अस्पताल र झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पिकअप चालक जिल्ला इलामको माइ नगरपालिका–४ का अन्दाजी २७ वर्षीय लेखनाथ सेन्चुरी, माइ– ७ का ३० वर्षीय खगेन्द्र मगर, १४ वर्षीया मेनुका मगर, १६ वर्षीया कञ्चन मगर, १४ वर्षीया लीला थापा, ८ वर्षीया रवि मगर, १५ वर्षीय फुर्तीमान मगर, ५२ वर्षीय तोपबहादुर मगर, ३६ वर्षीया पवित्रा मगर, ६० वर्षीया चाँदनी मगर, २५ वर्षीया गीता मगर, १० वर्षीया काजल तामाङ र १२ वर्षीय मन्दीप मगर घाइते भएका छन् ।

त्यस्तै, अन्य घाइतेमा १५ वर्षीय बलबहादुर मगर, ११ वर्षीया सिम्रन गिरी, ३७ वर्षीय चन्द्रबहादुर थापामगर, ८ वर्षीय दिवश मगर, १० वर्षीया लक्ष्मी परियार, १४ वर्षीया सभेक्षा मगर, १५ वर्षीया नवीना कुमाल, १६ वर्षीया समीक्षा मगर, १६ वर्षीय दिलिप मगर, ८ वर्षीया काव्या तामाङ, ३७ वर्षीय धनबहादुर तामाङ, ११ वर्षीया रजिना परियार, १४ वर्षीय राजिव परियार, १३ वर्षीय सनम राई, १४ वर्षीया आयुषा मगर र सन्तोष राई रहेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.