भूकम्पले कोशीमा क्षति नपुर्याएको अनुमान, बुझ्ने काम जारी

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १६, शुक्रबार १०:०२

विराटनगर । कोशी प्रदेशमा भूकम्पले कुनै पनि क्षति नपुर्याएको अनुमान प्रहरीले गरेको छ । यद्यपि, सबैतिर प्रहरी परिचान गरेर बुझ्ने काम भइरहेको छ ।

भूकम्पले प्रदेशका १४ वटै जिल्लामा क्षति पुर्याएको विवरण प्राप्त नभएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । ‘पहाडमा घरहरु चर्किएका हुन सक्छन् भनेर बुझ्ने काम भइरहेको छ । कतै क्षति पुगेको छ कि भनेर सोधीखोजी भइरहेको छ । स्थानीय तहसँग पनि प्रहरीबाट समन्वय भइरहेको छ । तर, हालसम्म कुनै ठाउँमा क्षति पुगेको भनेर जानकारी आइसकेको छैन,’ उनले भने ।

ठूलो जनधनको क्षति भएको विवरण प्राप्त नभएको र भूकम्पपछिको अवस्था बुझ्न सबैतिर प्रहरी परिचालन गरिएको डीआईजी अधिकारीले बताए । ‘प्रारम्भिक विवरणमा त्यस्तो कुनै कुरा आएको छैन । सबैतिर सम्पर्क स्थापित गर्दैछौं । कतै केही भएको छ कि भनेर जनप्रतिनिधिसँग समन्वय भइरहेको छ । कुनै ठाउँमा असर पुगेको जानकारी छैन,’ उनी भन्छन् ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहानका राति ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का देशभर महसुस भयो । यो समाचार तयार पार्दासम्म भूकम्पले ठूलो क्षति पुर्याएको विवरण प्राप्त भएको छैन ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.