जीवन विकास लघुवित्तले मनायो छैटौँ वार्षिकोत्सव

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १७, शनिबार १२:२८

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । तीन वटा प्रदेशको ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले शुक्रबार १६१ स्थानमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

जीवन विकासको २५ वटा शाखाले २५ विपन्न परिवारको घर निर्माण तथा मर्मत, ६० वटा शाखाले बजार सरसफाई कार्यक्रम गरेको छ । ७२ वटा शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । एक स्थानमा रक्तदान, एक स्थानमा शौचालय निर्माण र दुई स्थानमा पार्क तथा मस्जिद सरसफाई कार्यक्रम गरेको  थियाे ।

सबै शाखा कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएका जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । जीवन विकासको शुरुवात सामाजिक क्षेत्रबाट नै भएकोले संस्थाले वार्षिकोत्सव सामाजिक कार्य गरी मनाउँदै आएको उनले बताए ।

प्रमुख कार्यकारी अधिकृत मण्डल जीवन विकासको अमाही शाखाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । अमाहीबाटै जीवन विकास समाज सुरु भएको थियो । जीवन विकास समाजबाट नै प्रवर्द्धन भइ २०७५ साल फागुन १६ गते जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार प्रारम्भ भएको थियो ।

कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा मार्फत जीवन विकासले ३ लाख ५० हजार विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । जीवन विकासबाट करिब २ लाख सदस्यहरुले ऋण लिएर आर्थिक प्रगति गरिरहेका छन् । २७ अर्व भन्दा बढी ऋण कारोबार गरेको जीवन विकासले ११ अर्व भन्दा बढी बचत परिचालन गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.