पुल निर्माणमा खटिएका कामदार सुतेकै ठाउँमा मृत फेला

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार ०८:५५

इलाम । इलाममा पुल निर्माणमा खटिएका कामदार सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

उदयपुर घर भएका २४ वर्षीय सविन खड्का सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनी रोङ गाउँपालिका– ३ काजीटारमा पुल निर्माणमा खटिएका कामदार हुन् । उनी पुल निर्माणस्थल नजिकै बनाइएको कटेरामा सुतेका थिए ।

कटेरोमा बसेर खड्काले शनिबार मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथी नेपालसिंह कुरुम्बाङले बोलाउँदा नबोलेपछि बाहिर निस्केर हेर्दा कटेरोको ढोका अगाडि खड्का मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.