विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाए स्कुटर, दुर्घटना हुँदा १ जनाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार ०९:१६

विराटनगर । विराटनगरमा वडा सदस्यले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा यही फागुन ११ गते राति ९ः२० बजेतिर स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।

होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।

उपचाररतमध्ये तिवारीको आज (आइतबार) बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार बिहान ६ः३५ बजेतिर तिवारीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । परीक्षणका क्रममा मापसे गरेर उनले स्कुटर चलाएको पत्ता लागेको हो । स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.