
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डाक्टर विकास देवकोटालाई नियुक्त गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित अतिरिक्त सचिव डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो । देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।

























