
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै छ ।
जसका कारण आज (बिहीबार) बिहान पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ । राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

























