
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी (प्रहरी नायव महानिरीक्षक) जनक भट्टराईलाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्ने निर्णय लिएको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई एआईजीमा बढुवा गरेको हो । भट्टराईलाई फागुन ११ गते एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।
उनी आगामी चैत ५ गते ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । भट्टराईलाई एआईजी बनाउनका लागि यसअघि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराइएको थियो ।
केसीले माघ २७ गते राजीनामा बुझाएका हुन् । केसीको राजीनामा स्वीकृत भएपछि भट्टराईलाई एआईजी बनाउन बाटो खुलेको थियो ।

























