
काठमाडौं । सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रियसभाबाट बिहीबार स्वीकृत भएका छन् । अध्यादेशरु राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेस गरिएको थियो ।
बैठकबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन० अध्यादेश २०८१ र ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ बहुमतले स्वीकृत भएका छन् ।
राष्ट्रियसभाबाट निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र सहकारी विधेयक पनि स्वीकृत भएको छ । विपक्षी दलका सांसदहरूले सरकार अध्यादेशबाट मुलुक चलाउने बाटोमा लागेको भन्दै अस्वीकृत गर्न आग्रह गरे पनि उनीहरूको आग्रह अस्वीकृत भएको छ ।
सरकारले ल्याएका ५ वटै अध्यादेश बुधबारको प्रतिनिधिसभाबाट स्वीकृत भइसकेका छन् । दुवै सदनबाट स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि बढाउने छ ।

























