
काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
आगामी चैत २३ गते हुने निर्वाचनका लागि अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । रमणकुमार श्रेष्ठ, राजु कैती, विजयप्रसाद मिश्र, उज्ज्वल घिमिरे र आशिष पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्षमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जनाको उम्मेदवारी परेको छ । महासचिवमा ३ र कोषाध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी बिहीबार दर्ता भएको हो ।
यस्तो छ उम्मेदवारको नामावली




























