टिपरले किचेर २ बालक र १ वृद्धको मृत्यु

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार ०७:१७

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) बिहानका राति टिपरले किचेर २ बालक र १ वृद्ध गरेर ३ जनाको मृत्यु भएको छ ।

शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा दुर्घटना भएको हो । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलको टहरामा बिहानका राति ३ बजेतिर बा २ क ६५८० नम्बरको टिपर छिरेको थियो ।

आश्रयस्थलका फाउण्डर अध्यक्ष युवराज थापाका अनुसार टिपरले किचेर २ बालकको घटनास्थलमै मृत्यु भयो । १ जना वृद्धको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको थियो ।

आश्रयस्थलमा अहिले ६१ जनालाई राखिएके छ । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.