विराटनगरको बाल सुधारगृहमा झडप, ३ जना घाइते

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार २२:०९

विराटनगर । विराटनगरको बाल सुधारगृहभित्र शुक्रबार साँझ दोहोरो झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा साँझ पौने ८ बजेतिर झडप भएको हो । सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।

घाइते ३ जना नै २२ वर्षका छन् । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । चौहानका अनुसार घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरु छन् ।

कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, बालक हुँदा सुधारगृहमा राखिएकाहरु अहिले युवा भइसके । गृह प्रमुख चौहानले सुधारगृहमा २ पक्षबीच झडप भए पनि कारण खुलिनसकेको बताए ।

‘एक्कासि झडप भयो । ३ जना घाइते भए । तर, घटनाको कारण थाहा छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । घटनाको अनुसन्धानमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं खटिएका छन् । चिमरिया नेतृत्वको टोलीले विवाद समाधानका लागि समन्वय गरेको चौहानले बताए ।

सुधारगृहभित्रको अवस्था साम्य बनेपछि मात्रै घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाउन सम्भव भएको उनको भनाइ छ । उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो । तर, शुक्रबार २ सय ४९ जनालाई राखिएको छ ।

सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या धेरै छ । १८ वर्षमाथिका १ सय २४ जना छन् । उनीहरु बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । तर, व्यवस्थापन गर्ने सम्बन्धी कानुनको अभावले बालिग भइसकेपछि पनि सुधारगृहभित्रै राखिन्छ ।

युवा अवस्थामा पुगेकालाई बालकहरुसँगै राखिएको छ । सुधारगृहका प्रमुख चौहानले क्षमताभन्दा धेरैलाई राख्नु पर्दा समस्या बढेको बताए । उनले सुधारगृहभित्रको अवस्था समस्याग्रस्त रहेको सुनाए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.