कोशी प्रदेश प्रहरी कार्यालयमा सहकर्मीसँग ‘टी विथ टिम’ कार्यक्रम

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २४, शनिबार ०८:०९

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा शुक्रबार सहकर्मीसँग १ पल ‘टी विथ टिम’ कार्यक्रम आयोजना गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई नृत्य, कविता तथा हाजिरजवाफ प्रतियोगितामा सहभागी गराइएको थियो ।

कार्यक्रमको अवसरमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत कार्यालय सहयोगी शिवकुमार राईको जीवनीमा आधारित ‘भिडियो क्लिप’समेत प्रदर्शन गरिएको थियो । डीआईजी अधिकारीले व्यस्त व्यावसायिक जीवनशैली तथा कार्यबोझका कारण प्रहरी कर्मचारीबीचमा कायम हुनु पर्ने आपसी भातृत्व, शिष्टचार र सद्‍भावपूर्ण वातावरण अपेक्षाकृत रुपमा सुदृढ गर्न, प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा सामूहिक भावनाको विकासलगायत तनाव व्यवस्थापनका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए ।

प्रहरीभित्र यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाइ छ । प्रहरी कर्मचारीको प्रतिभालाई प्रस्फुटन गर्न र आपसी भावना साटासाट गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने अधिकारी बताउँछन् ।

यसैबीच, प्रदेश प्रहरी कार्यालयले स्टुडियोको स्थापना गरी आफ्नै जनशक्तिबाट ‘प्रहरी कार्यक्रम’ निर्माण गरी नेपाल टेलिभिजन इटहरीलगायत स्थानीय टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण गर्दै आएको छ । शुक्रबारसम्ममा सय भाग प्रसारण भइसकेको छ ।

डीआईजी अधिकारीले उत्कृष्ट प्रहरी कार्यक्रमका माध्यमबाट आमनागरिकमा सचेतना अभिवृद्धि गर्नका लागि लगनशील र इमान्दारितापूर्वक अघि बढ्न निर्देशन दिएका छन् । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी गोविन्द अधिकारी, एसपी दीपक पोखरेल, डीएसपी हरि डंगोलगायतका अधिकृत र प्रहरी कर्मचारीहरु उपस्थित थिए ।

सहकर्मीसँग १ पल ‘टी विथ टिम’अन्तर्गत आयोजित हाजिरजवाफ प्रतियोगितामा सही जवाफ दिने प्रहरी कर्मचारी तथा २४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना महिला प्रहरी कर्मचारी एवं प्रहरी कार्यक्रमको १ सय भागको अवसरमा सूचना समन्वय शाखामा कार्यरत प्रहरीलाई डीआईजी अधिकारीले पुरस्कृतसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.