कोशी प्रदेशका ९८ जना महिला प्रहरी पुरस्कृत

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार ११:०४

विराटनगर । कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ९८ जना महिला प्रहरी पुरस्कृत

प्रदेश प्रहरी कार्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कारले महिला प्रहरीको मनोबल उच्च बन्ने र उनीहरुमा उत्प्रेरण अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

महिला प्रहरीको कार्यसम्पादनलाई पुरस्कार प्रणालीमा आबद्ध गर्ने अभियान नै छ । प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत रहेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत महिला प्रहरी पुरस्कृत भएका हुन् ।

विभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदीय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्नेमध्ये १ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक), ३ जना असइ (प्रहरी सहायक निरीक्षक), २ जना वरिष्ठ हवल्दार, १५ जना हवल्दार, १९ जना सहायक हवल्दार, ५६ जना जवान र २ जना कार्यालय सहयोगी गरेर ९८ जना महिला प्रहरीलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए ।

डीआईजी अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोबल सदैव उच्च र उनीहरुलाई कर्तव्यप्रति वफादार बनाइ राख्न यस्ता उत्प्रेरणा अभिवृद्धि योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पुरस्कृत हुने महिला प्रहरी कर्मचारीलाई थप हौसला र उर्जाका साथ पदीय जिम्मेवारी निर्वाह गर्न उनको निर्देशन छ ।

नेपाल प्रहरीले सम्पादन गर्ने विभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य उपस्थिति कानुनद्वारा नै निर्दिष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको विशेष सक्रियतामा यसवर्ष कोशी प्रदेशमा नमुनाको रूपमा महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका हुन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.