मदन भण्डारी सडकका लागि बजेट व्यवस्थापन गर्न योगेश भट्टराईको माग

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १३:२९

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मदन भण्डारी सडकमार्ग (वसन्तपुर–गुफा–ढुंगेसाँघु–दोभान)को स्तरोन्नतिका लागि बजेट व्यवस्थापनको माग गरेका छन् ।

उनले आवश्यक बजेट व्यवस्थापन गर्न भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयसँग आग्रह गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर भट्टराईले यो सडक खण्ड ताप्लेजुङ, संखुवासभा र तेह्रथुम जिल्लाबाट धनकुटा, धरान, इटहरी र विराटनगरसम्म आवत–जावतका लागि सहज एवं भरपर्दो भएकाले स्तरोन्नति आवश्यक रहेको स्पष्ट पारेका छन् ।

मन्त्री दाहाललाई सडकको विषयमा जानकारी गराउँदै भट्टराईले मेची राजमार्ग र तमोर करिडोर सडक तथा यस क्षेत्रका पुलमा विभिन्न समयमा बाढीपहिरोले क्षति पुर्याएका कारण उक्त मार्ग प्रयोग गर्नुपर्ने अवस्था आइरहेको बताएका थिए । यो मार्ग गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पर्ने हुँदा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको भट्टराईको भनाइ छ ।

उनले यो मार्गमा सहज रूपमा यातायात सञ्चालनका लागि चालू आर्थिक वर्षमा काम गर्न ताप्लेजुङ जिल्ला सडक कार्यालयबाट काम हुनेगरी २५ करोड रुपैयाँ र संखुवासभा जिल्ला सडक कार्यलयबाट काम हुनेगरी २५ करोड रुपैयाँ बजेट व्यवस्थापनका लागि मन्त्री दाहालसमक्ष अनुरोध गरेका छन् ।

साथै, आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि यस सडकलाई महत्वका साथ बजेट विनियोजन गर्न पनि भट्टराईले आग्रह गरे । यो मार्ग कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङलाई तराईसँग जोड्ने विभिन्न सडकमध्ये छोटो र भरपर्दो मानिन्छ ।

उक्त भेटमा मन्त्री दाहालले मदन भण्डारी सडकमार्गको स्तरोन्नति गर्ने विषयमा आफूले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिएको भट्टराईका स्वकीय सचिव सन्तोष मादेनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.