रुस-युक्रेन युद्धमा पूर्ववडाध्यक्षको मृत्यु

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार २१:५८

काठमाडौं । रुस युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पराजित भएपछि उनी रुस गएका थिए । रुस र युक्रेन युद्धमा उनको मृत्यु भएको हाे ।

बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए । परिवारका सदस्यले गत फागुन २४ गते मात्र उनको मृत्युको खबर थाहा पाएका थिए । केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवारले सोधीखोजी गरेको थियो । सोही क्रममा उनको मृत्यु भएको पत्ता लागेको हो ।

उनी रसियाको सेनाको जागिर छाडेर घर आउने बताउँथे । तर मृत्युको खबर आएको छ ।

सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना दुःखद भएको बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.