मानगढ खानेपानीको निर्वाचन पुन: गराउन उच्च अदालतको आदेश

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार ०९:२४

विराटनगर । उच्च अदालत विराटनगरले विराटनगरको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन गराउन आदेश दिएको छ ।

विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत मानगढ खानेपानी आयोजना सञ्चालित छ । उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः निर्वाचन गर्न रिट जारी गरेको हो ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट पुन प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात उम्मेदवार पुरानै रहनेछन्,  मतदान पुन: हुनेछ ।

गत जेठ १९ गते विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष रामबहादुर घिमिरे र लालमणि भट्टराई अध्यक्षका उम्मेदवार थिए । दुवै जना नेकपा (एमाले)मा आबद्ध छन् ।

खानेपानीको निर्वाचनमा एमाले मोरङ नेतृत्व २ धारमा बाँडिएको थियो । खानेपानी निर्वाचनकै विवादका कारण तत्कालीन महानगर अध्यक्ष सागर थापाको जिम्मेवारी खोसिएको थियो । अहिले थापा एमाले मोरङ जिल्लाको उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

५ हजार ९ सय घरधुरी सदस्य रहेको खानेपानी व्यवस्थापनका लागि मतदान हुँदा सबै मतदाताले मत हाल्न पाएनन् । मतदान गर्न नपाएका सदस्यका लागि जेठ २० गते समय तोकिए पनि विवादका कारण मतदान भएन ।

खसेको मतलाई गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत ३ जना उच्च अदालत पुगेका थिए । टंकप्रसाद खतिवडासमेत ३ जना पुनः मतदानको मागसहित अदालत पुगेका थिए ।

अन्तिम सुनुवाइका क्रममा सोमबार उच्च अदालतले कट्टेलसहित ३ जनाको रिट खारेज गरेको छ । खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गर्न रिट जारी गरेको हो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.