
काठमाडौं । सिमेन्टपछि फलामे छडको मूल्य बढेको छ । केही समयअघि सिमेन्टको मूल्य बढेको थियो । फागुन तेस्रोसाता फलामे छड र ग्याबिन तारको मूल्य बढेको हो ।
सरकारको मिलोमतोमा सिमेन्ट निर्माणको सिजनमा अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको निर्माण व्यवसायीको आरोप छ ।
नेपाल निर्माण व्यवसायी महासंघले उद्योगी व्यवसायीले कार्टेलिङ गरेर सबैजसो निर्माण सामग्रीको मूल्य बढाएको गुनासो गरेको छ ।
मंसिर तेस्रो सातासम्म डन्डीको मूल्य ७६–७७ रुपैयाँ थियो । सोहीबेला उद्योगीहरूले डन्डीमा प्रतिकिलो ५ रुपैयाँले बढाएका थिए । अहिले फेरि ५ रुपैयाँ बढाएर ८७ रुपैयाँ पुर्याइएको छ ।
ग्याबिन तारको मूल्य प्रतिकिलो १२ रुपैयाँ बढेको छ । यसअघि यसको मूल्य १०९ देखि ११० रुपैयाँ थियो । अहिले प्रतिकिलो १२२ रुपैयाँ पुगेको छ ।
यसअघि सिमेन्टको मूल्य वृद्धि भएको थियो । कात्तिकमा प्रतिबोरा ४०० रुपैयाँ पर्ने सिमेन्टको मूल्य मंसिरमा प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ पुगेको थियो । अहिले सोही मूल्यमा कारोबार भइरहेको छ ।

























