कोशीमा दुर्घटना, ३ जनाको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार ०७:४३

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा बिहीबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

उदयपुर, भोजपुर र सुनसरीमा दुर्घटना भएको हो । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–८ सरस्वती पुलमा राति ९ः३० बजेतिर ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको बा ६४ प ५१७ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखिएको प्रदेश २–०१–००१ त २३०१ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक त्रियुगा–७ भन्टाबारीका अन्दाजी ३४ वर्षीय भुवन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

ट्याक्टर र चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–६ का अन्दाजी २८ वर्षीय कूलबहादुर मगरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, भोजपुरको आमचोक गाउँपालिका–६ स्थित घोडेटार–बालंखा कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । पूर्णेबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर रामप्रसाद राई गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय निशान राईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राई दिउँसो ४ः४५ बजेतिर ट्याक्टरबाट खसेका थिए । खस्नसाथ राईलाई ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर चालक संखुवासभाको चैनपुर नगरपालिका–७ का २५ वर्षीय ओङ्दी शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ट्याक्टर चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैबीच, सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इनरुवाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्याक्टरले दिउँसो १ बजेतिर पैदलयात्री हरिनगर–४ का ३५ वर्षीय उमेश महतोलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका महतोलाई उपचारका लागि इनरुवा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सप्तरीको कन्चनरूप नगरपालिका–४ का अन्दाजी ३४ वर्षीय रूपेश सरदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाही एवं ट्राफिक नियमको उल्लंघनका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.