बाँकेको बाल सुधार गृहमा झडप, ६ जना घाइते

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार १४:३२

काठमाडौं । बाल सुधार गृहमा रहेका बालबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयन्दु बाल सुधार गृह बालबन्दीका बीच झडप हुँदा ६ जना घाइते भएका हुन् । झडपपछि बालबन्दीले आगाे लगाएका छन् । सुधार गृह भित्र प्रहरीलाई प्रवेश गर्न नदिन उनीहरुले आगाे लगाएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार  शुक्रबार राति झडप भएकाे हो । सुधार गृहभित्र कुटाकुट हुँदा ६ जना बालबन्दीहरू घाइते भएको छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जना कर्तव्य ज्यान र तीन जना जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएका बन्दीहरु हुन् ।

झडपपछि सुधार गृहबाट दुई जना भागेका छन् । सो सुधार गृहमा २५० जना बालबन्दी छन् । सुधार गृह भित्र प्रवेश गर्न खोज्ने प्रहरीलाई बालबन्दीले ढुंगामुढा पनि गरेका छन् ।

जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरूका बीच गतवर्ष पनि झडप भएको थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.