
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ पिपल चोकमा रहेको एउटा चिउरा मिलमा भीषण आगलागी भइरहेको छ ।
अरुण सिंहले सञ्चालन गर्दै आएको कुटानी पिसानी मिलमा आज (आइतबार) बिहानका राति करिब १ः३० बजेदेखि आगलागी भइरहेको हो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरी स्रोतका अनुसार आगलागीका कारण मिल करिब ८० प्रतिशत जतिसकेको छ । हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणको प्रयास जारी राखेको छ ।

























