मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार ०७:१०

विराटनगर । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटनामा परेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ (प्रहरी नायव निरीक्षक) भुवन श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेको थियो । श्रेष्ठ नेतृत्वकै टोलीले गम्भीर घाइते अवस्थाका चालकलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पुर्यायो ।

अस्पताल पुर्याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए । उनका अनुसार तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भएको एम्बुलेन्स ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्छ ।

एम्बुलेन्स कहाँबाट कहाँ गएको हो भन्ने यकिन हुन बाँकी रहेको लम्सालले बताए । दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.