
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
सरकारले शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्ने बाटो खोजिरहेको उनको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले ‘नो केबलकार’ पक्षसँग वार्ता गर्न सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको उल्लेख गरे ।
उनले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीयहरूको समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताए । केबलकार निर्माण परियोजनामा संलग्न भएका व्यक्ति र राजनीतिक दलहरूलाई पनि आफ्नो भूमिका स्मरण गर्न गृहमन्त्रीको आग्रह छ ।

























