भोजपुरमा भीषण आगलागी : वनको डढेलो बस्तीमा पस्यो, जलेर ७ घर ध्वस्त

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार १६:३९

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१२ पारपानीमा सोमबार अपरान्ह भीषण आगलागी भएको छ । सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेको छ ।

वनबाट बस्ती छिरेको आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन् । कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

भोजपुर प्रहरी प्रमुख डीएसपी युवाराज तिमिल्सिनाका अनुसार अपरान्ह १२ बजेतिर आगो बस्तीमा पसेको थियो । हावाहुरीका कारण नियन्त्रणमा समस्या भएको र आगोले ठूलो क्षति पुर्याएको जानकारी उनले दिए ।

उनका अनुसार स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको छ । अझै पनि आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । ‘हावाहुरीका कारण बस्ती जोगाउन समस्या भएको छ । इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको हो । नियन्त्रणमा लिने र वरपरको बस्ती जोगाउने प्रयास भइरहेको छ,’ तिमिल्सिनाले भने ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.