श्रमिक महिला सम्मेलनको घोषणापत्र सरोकारवालालाई बुझाइयो (घोषणापत्रसहित)

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार २०:४८
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई घोषणापत्र र फैसला बुझाइँदै ।

विराटनगर । करिब साढे ३ महिनाअघि सम्पन्न भएको राष्ट्रिय श्रमिक महिला सम्मेलन–२०८१ ले जारी गरेको घोषणपत्र आज (सोमबार) विराटनगरमा सरोकारवाला निकायलाई बुझाइएको छ ।

साथै, राष्ट्रिय महिला इजलास–२०८१ ले महिलाको श्रमको पहिचान, सम्मान र सुरक्षाका सवालमा गरेको फैसला पनि बुझाइएको छ । राष्ट्रिय श्रमिक महिला सम्मेलन गत मंसिर १८ गते काठमाडौंमा आयोजना गरिएको थियो ।

मनोरञ्जन तथा सत्कार, यौन, सडक, निर्माण, घरेलु, कृषि र आप्रवासन श्रम क्षेत्र (असंगठित क्षेत्र)मा कार्यरत महिला श्रमिक तथा उनीहरुको पक्षमा कार्यरत संघ संस्था, स्थानीय तहका जनप्रतिनिधि, महिला मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधि सम्मिलित सम्मेलनले विभिन्न मागसहितको घोषणपत्र जारी गरेको थियो । उक्त सम्मेलनले संविधानले प्रदान गरेका हक अधिकार सुरक्षित हुनुपर्नेसहितका माग राखेर नेपाल सरकारको ध्यानाकर्षण गराउन जारी गरेको घोषणापत्र सरोकारवालालाई बुझाइएको हो ।

श्रम क्षेत्रका श्रमिकहरुको कामको पहिचान, सम्मान, सुरक्षाका साथै हिंसारहित सुरक्षित कार्यस्थल र मर्यादित श्रम हुनुपर्नेमा सम्मेलनले जोड दिएको थियो । साथै, महिलासहित समग्र श्रमिकहरुको अधिकार सुनिश्चितताका लागि सामूहिक रूपमा आवाज उठाउन सशक्त र संगठित हुन सम्मेलनले उर्जा प्रदान गरेको श्रमिक महिलाहरु बताउँछन् ।

घोषणपत्र र फैसला कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र विराटनगर महानगरपालिकाको उपमेयर एवं न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीलाई बुझाइएको हो । पहिचान सञ्जाल मोरङ संयोजक सीता शेर्पा राई, कोषाध्यक्ष दुर्गाप्रसाद माझी, सदस्य गोमा खाती, डब्लुएचआरडी विराटनगर सदस्य सरीता दाहाल, ओरेक नेपालको चण्डिका महरा, सरीता पोखरेल, दलित महिला संघ (फेडो) अध्यक्ष शर्मीला परियारलगायतको समूहले घोषणपत्र र फैसला बुझाएको छ ।

घोषणा पत्रमा उल्लेख भएका विषयवस्तु र फैसला कार्यान्वयनका लागि दबाब दिने तथा ध्यानाकर्षण गराउने उद्देश्यले सरोकारवाला निकायलाई बुझाइएको पहिचान सञ्जालको मोरङ संयोजक सीता शेर्पा राईले बताइन् । उनका अनुसार मागहरु सुनिश्चित गर्न तथा सुनिश्चित गर्नेतर्फ जिम्मेवार बन्न आग्रहसमेत गरिएको छ ।

यस्तो छ सम्मेलनको घोषणापत्र

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.