कामधेनुका १ सय किसानले बिना धितो दुई लाख ऋण पाउने

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ६, बुधबार १९:२१

विराटनगर । दुग्ध किसानलाई बिना धितो २ लाखसम्मको ऋण प्रदान गरिने भएको छ ।

आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा भएको आध्यन्त एक्सिलेरेटर कोशीको लगानी सम्मेलनमा एकसय किसानलाई २ लाखका दरले बिना भितो ऋण दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

यो ऋण जयपति कृषि फर्म र डी.भी. एक्सलेसले कामधेनु डेरीका १०० किसान दिइनेछ । यसले साना किसानलाई सहजता दिने विश्वास गरिएको छ ।

सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीहरूले लगानीकर्तासमक्ष आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।

आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले आफ्नो कम्पनीले कोशी प्रदेशका विभिन्न व्यवसायमा हालसम्म लगभग ८२ करोड रुपैयाँको लगानी गरिसकेको र यस क्षेत्रमा अझै ठूलो अवसर देखिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरले व्यवसाय विकास सेवा खोज्ने उद्यमहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने बताए ।

तपाइको प्रतिक्रिया
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.