
विराटनगर । नेपालका लागि कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज र राउत कन्ट्रक्सन सर्भिसेजले अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी २०५–१० एमजिरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेको छ ।
मोरङको विराट चोकमा एक कार्यक्रमकाबीच निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
नयाँ मोडलका एक्स्काभेटरले इन्धन खपतमा किफायती र उच्चतम् कार्य क्षमताको भएको कम्पनीले जनाएको छ ।
कन्टिनेन्टल ट्रेडिङका कार्यकारी निर्देशक टंकप्रसाद भट्टका अनुसार कोमात्सु पीसी २०५–१० एमजिरो बलियो, इन्धन खपत कम गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो हाइड्रोलिक उत्खननर्ता एक्स्काभेटर भएको जानकारी दिए ।
यी मेसिनहरू नेपालको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्ने गरी नयाँ डिजाइन गरिएको उनले बताए ।
मेसिनको सुरुको लागत र त्यसपछिको सञ्चालन खर्च पनि किफायती रहेको कम्पनीको भनाइ छ । नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने कम्पनीको दाबी छ ।
कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो । यो कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बल प्लान्ट राखेको छ ।
जसले गर्दा लामो दुरीको ढुवानी खर्च कम भई मेसिनको डेलिभरीसमेत छिटो हुने गरेको कम्पनीले जनाएको छ । मुख्य इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरि नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तरीय समान हुने कम्पनीले दाबी गरेको छ ।
सार्वजनिक गरिएको नया“ उपकरण पीसी २०५–१० एमजिरो मोडलको एक्स्काभेटर नेपाली सडकको औसत क्षमताअनुसार २१ टनको हो ।
यो उपकरण हेभी ड्युटीको जुनसुकै काममा प्रयोग गर्न सकिने कन्टिनेन्टल ट्रेडिङका कार्यकारी निर्देशक भट्टले बताए ।
कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङका अध्यक्ष सुहृदयराज घिमिरे र राउत कन्ट्रक्सन सर्भिसेजका अध्यक्ष राजेन्द्र राउतलगायत पूर्वाधार तथा निर्माण क्षेत्रमा कार्यरत विभिन्न व्यवसायीहरूको सहभागिता रहेको थियो ।
हेभी इक्विप्मेन्टतर्फ कोसी तथा मधेस प्रदेशमा ख्याति जमाएको मोरङस्थित राउत कन्ट्रक्सन सर्भिसेजले २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणहरूको बिक्री तथा सर्भिसिङ सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

























