
गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले कसैको कुभलो चिताउन नहुने बताएका छन् । सबैले सबैको भलो चिताउनुपर्ने उनको भनाइ छ ।
अहिले देशमा शान्ति चाहिएको शाहको भनाइ छ । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।
‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस् । देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ शाहले भने ।
धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको ज्ञानेन्द्रले बताए । पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिकस्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् ।

























