
काठमाडौं । कुलमान घिसिङको बर्खास्तीपछि हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारी निर्देशक नियुक्तिपत्र पाएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आएपछि उनले नियुक्तिपत्र पाएका हुन् ।
मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । नियुक्तिपत्र पाएका शाक्यले पदभार ग्रहण गर्ने छन् ।

























