काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयातमा कमी

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार ०८:४५

झापा । काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयातमा कमी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा कम इन्धन आयात भएको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले छ । उनका अनुसार गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी भएको हो ।

गत आवको ८ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको जानकारी हुमागाईंले दिए ।

चालु आवका ८ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ । उक्त राजस्व गत आवको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ८ महिनामा ५ अर्ब ८० करोड १८ लाख रूपैयाँ राजस्व संकलन भएको थियो ।

तपाइको प्रतिक्रिया
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.